२०२२ स्व. सूर्य बहादुर मुखिया (सुर्जु) मेमोरियल खुल्ला लाते भकुण्डो प्रतियोगिता सम्पन्न

Sukepokhari

सुकेपोखरी: यङ स्टार कलब राङभाङ फरेष्ट बस्तीको संयुक्त तत्वावधानमा २०२२ स्व. सूर्य बहादुर मुखिया (सुर्जु) मेमोरियल खुल्ला लाते भकुण्डो प्रतियोगिता स्मारक कप साथै नगद राशि प्रतियोगिताको पहिलो खेल एक रंगारग कार्यक्रम बीज आयोजित गरियो। एम.बी. राईको सभापतित्व सम्पन्न भएको कार्यक्रममा मुख्य अतिथि पूर्व सांसद उदय देवान, मिङ्गमा नोर्गे शेर्पा रहेको थियो। स्व. सुर्य बहादुर मुखियाको पत्नी अमता मुखिया छोरा सजय मुखिया, यङ स्टार कलब राङभाङको सभापति मिलन राई सचिव सुमान प्रधान अनि विशिष्ट अतिथिको रुपमा बिभिन्न सधं सस्था, समाजका सभापति, सचिवहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन सुमन प्रधानले गरेका थिए। आजको प्रथम म्याच रिम्बिक एफसी बनाम जे. एम. पी.  गैरी गाउँ राङभाङ बिच समपन्न गरियो जसमा रिम्बिक एफसी ले तीनको विरुद्ध दुईगोल गरेर बिजय बन्यो।दोस्रो म्याच राङभाङ वाईसी बनाम बिजनबारी एफ सी माझ समपन्न गरियो दोस्रो म्याचमा राङभाङ वाईसी ले पनि पाँचको विरुद्ध एक गोल गरेर राङभाङ  वाईसी विजय बन्यो। आयोजक समितिक टीकराम राई, वीरेन राई, सजय मुखियाले जानकारी दिएका छन्l

About Author

Advertisement