१८औं सुकना गोल्ड कपः रोलिंग क्लब (नेपाल) च्याम्पियन

IMG-20250125-WA0224

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १८औं संस्करणमा नेपालको रोलिंग क्लब (धुलाबारी) च्याम्पियन भयो। जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत शनिवार सुकना हाई स्कूल मैदानमा खेलिएको फाइनल म्याचमा रोलिंग क्लबले कालेबुङ पुलिसविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट म्याचको एकमात्र गोल मिलन राईले म्याचको अन्तिम समय (इञ्ज्युरी टाईमको तेस्रो मिनट)-मा गरे। १८औं सुकना गोल्ड कप फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। माहबर्ट स्कूलका निदेशक चार्ल्स माहबर्टको अध्यक्षतामा भएको फाइनल म्याचमा मुख्य अतिथिको रूपमा जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन)-का प्रमुख कार्यपाल अनित कुमार थापा उपस्थित थिए।


संक्षिप्तमाः
च्याम्पियनः रोलिंग क्लब (नेपाल, धुलाबारी)
रनरअप्ः कालेबुङ पुलिस
प्लेयर अव् द म्याचः मिलन राई (रोलिंग क्लब)
बेस्ट फरवर्डः मिलन राई (रोलिंग क्लब)
बेस्ट गोलकीपरः युवराज पुरी (रोलिंग क्लब)
प्लेयर अव् द टुर्नामेण्टः सप्तक शेर्पा, कालेबुङ पुलिस
बेस्ट डिफेण्डरः रोशन राई, कालेबुङ पुलिस
हाईएस्ट स्कोररः एण्ड्रिएस, कालेबुङ पुलिस

About Author

Advertisement