१६ र १७ जुलाई राँके मेला आयोजन गरिने

IMG_20220711_191350.jpg

नाम्ची: आउँदो १६ र १७ जुलाई नाम्चीमा राँके मेला आयोजन गरिने भएको छ। यस मेलाका आकर्षणहरू ग्रामीण खेलकुद, नाम्ची जिल्लाअन्तर्गत पर्ने समष्टिमाँझ लट्ठा तान्ने प्रतियाेगिता, साँस्कृतिक नृत्य, स्थानीय कलाकारहरूद्वारा साङ्गीतिक प्रस्तुति, अभिनन्दन कार्यक्रम, एसएचजीका स्टलहरू आदि रहने छन्। मेलालाई अझा आकर्षित बनाउन मिरिककाे फ्राेजन ब्याण्डले १७ जुलाईकाे साँझ आफ्नाे प्रस्तुति दिनेछ।

राँके मेला नाम्चीकाे एउटा परिचय पनि हाे। नाम्चीकाे स्थानीय वासीहरूले धेरै वर्ष अघिदेखि यस मेलाकाे आयाेजना भव्यतापूर्वक गर्ने गरेका छन्। काेराेना महामारीकाे कारणले दुई वर्षपछि याे मेला यस वर्ष फेरि आयाेजना हुन गइरहेकाे छ। यस क्रममा आयाेजक समितिका अध्यक्ष टाँसी दाेर्जे तामाङले मेला विषय जानकारी गराउँदै मेलामा सबैलाई निमन्त्रणा गरेका छन्।

About Author

Advertisement