गान्तोक: १६औं वित्त आयोगका अध्यक्ष डा. अरविन्द पनागेरियाको नेतृत्वमा सिक्किम आएका प्रतिनिधिहरूले आज मंगन जिल्ला पुगेर त्यहाँका अधिकारीहरसँग विभिन्न विषयमा अन्तक्रिया गरे। उनीहरू लाचुङको हेलिपेडमा अवतरण गर्ने क्रममा स्थानीय जिल्ला प्रशासनका अधिकारीहरूले स्वागत जनाए। स्वागत जनाउने क्रममा मंगन जिल्लाका जिल्लापाल अन्नत जैन, पुलिस अधिक्षक सोनम देट्छु भोटिया लगायत अन्य अधिकारीहरूले लाचुङ हेलिपेडमा स्वागत जनाए। उक्त टोलीले मंगन जिल्लाको विभिन्न स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको छ भने आज उनीहरूलाई सिक्किम मंगन जिल्ला पुलिसले गार्ड अफ् अनर गर्दै सम्मान जनायो भने आज आयोगका टोली लाचुङमा बस्ने जानकारी गराइएको छ।









