१५ लाखको गाँजासहित दुई जना पक्राउ

IMG-20241218-WA0186

 सिलगढी: गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा खोरीबारी पुलिस चौकीले खोरीबारी क्षेत्रमा छापा मारेर गाँजा बरामद गरेको हो। खोजीका क्रममा गाँजा बरामद भयो। त्यसपछि पुलिसले भ्यानलाई नियन्त्रणमा लियो। त्यस्तै, खोरीबारी पुलिस चौकीले भ्यानमा सवार दुई जनालाई पक्राउ गरी पुलिस चौकी ल्याएको छ । अभियुक्तहरुको पहिचान विष्णु बर्मन र अनुपम बर्मनको रुपमा गरिएको छ। दुवै कोचबिहार जिल्लाका बासिन्दा हुन्। खोरीबारी पुलिस चौकीका पुलिस स्रोतका अनुसार, पिकअप भ्यानको विशेष कक्षमा १२९ केजी गाजा फेला परेको छ । बरामद गरिएका गाँजा कोचबिहारबाट ल्याएर बिहारमा तस्करी भइरहेको भनाइ छ। बरामद गाँजाको अनुमानित बजार मूल्य करिब १५ लाख रुपियाँ बताइएको छ। यस घटनामा अन्य कोही संलग्न छन् वा छैनन् भन्ने विषयमा पुलिसले अनुसन्धान गरिरहेको छ। बुधबार पक्राउ परेका दुवै जनालाई सिलगढी महकुमा अदालतमा पेश गरियो। खोरीबारी पुलिस चौकीले घटनाको सम्पूर्ण अनुसन्धान गरिरहेको छ।

About Author

Advertisement