नयाँ दिल्ली: स्पेनका विदेश मन्त्री जोस मेनुअल अलबरेस ब्यूनो १५ जूनमा भारतको आधिकारिक यात्रामा नयाँ दिल्ली पुग्नेछन्। यस अवधिमा अलबरेसले विदेश मन्त्री डा. एस जयशंकरको साथ आपसी हितको द्विपक्षीय, क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्दाहरूमाथि चर्चा गर्नेछन्। विदेश मन्त्रालयअनुसार भारत र स्पेनबीच घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध छ। प्रधानमन्त्री नरेन्द्र मोदीको २०१७ मा स्पेन यात्रापछि द्विपक्षीय सम्बन्धहरूलाई एक नयाँ गति प्राप्त भएको थियो। अलबरेसको यात्रा दुवै देशको द्विपक्षीय सम्बन्धहरूको सम्पूर्ण पहलुहरूको समीक्षा गर्ने अनि व्यापार, रक्षा, विज्ञान र प्रौद्योगिकी, नवाचार, जलवायु र संस्कृति क्षेत्र सहित विभिन्न क्षेत्रहरूमा साझेदारीलाई अझ् प्रगाढ़ गर्ने अवसर हुनेछ।










