२३ जुलाईः नेहुरे बालासन युनाइटेड क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार एउटा म्याच भयो। बालासन खेल मैदानमा भएको म्याचमा १३ नम्बर फूटबल क्लबले भुट्टाखेती फूटबल क्लबलाई पेनल्टी शूटआउटमा ६-५-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ३-३-को बराबरीमा रहेको थियो । यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। केही कारणवश टुर्नामेण्टको फाइनलको मिति पछि सारिएको अनि नयाँ मितिको घोषणा चाँड़ै गरिने आयोजक समितिले जनाएको छ।









