१२ वर्षसम्म भुँडीभित्र कैंची रहनु अत्यन्तै दुर्भाग्यपूर्ण र अक्षम्य त्रुटि: क्याप

sentinelassam-english_2024-03_5240f6c7-2e2d-4de2-b461-31c59ed40e3c_images___2024_03_28T124243_126

गान्तोक:: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमले गान्तोकको सोच्यागाङ अस्पतालमा एक अपरेशनपछि बिरामीको पेटमा १२ वर्षसम्म रहेको कैंची निकालिएको घटना प्रकाशमा आएपछि सनसनी फैलिएको छ।यस घटनाको उल्लेख गर्दै सीएपीले यसलाई गम्भीर लापरवाही ठहर गरेको छ। यस किसिमको गम्भीर लापरवाहीले बिरामीको स्वास्थ्यमा गम्भीर असर पुऱ्याएको छ र यसलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिॅंदैन भनी क्यापले जनाएको छ।क्यापले यस लापरवाहीको कडा शब्दमा निन्दा गर्दै पीडित परिवारलाई न्याय दिलाउन पूर्ण समर्थन व्यक्त गरेको छ। यसका साथै, जिम्मेवार पक्षलाई कारबाहीको दायरामा ल्याउन सरकारसॅंग तुरुन्त कदम चाल्न माग पनि गरेको छ। अस्पतालको समग्र स्वास्थ्य प्रणालीको पुनरावलोकन गर्दै यस्ता घटनाहरू पुन: नदोहोरियोस् भन्ने सुनिश्चित गर्न आवश्यक कदम चाल्न पनि अपील गरेको छ।
पीडित बिरामी र उनको परिवारलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग विभाग र सरकारले उपलब्ध गराउनु पर्छ र उचित क्षतिपूर्ति प्रदान गर्नुपर्छ भनी सीएपीले अनुरोध पनि गरेको छ।

About Author

Advertisement