सिलगढी: तस्करी गर्न अगावै १२ वटा भैंसी सहित ३ जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू बिहार निवासी क्रमैले लाल मोहद (५०), जाफर अली (६०), मोहम्मद जाहिदुल (२१) सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार तीनजना व्यक्तिले बिहारबाट भैंसी लिएर पैदल आइरहेको समय खोरीबारी थानझोडा चियाकमान संलग्न इलाकामा खोरीबारी थाना पुलिसले तिनीहरूलाई रोकेर सो भैंसी वैध कागजपत्र मागे। ती ३ जना व्यक्तिले १२ वटा भैंसी वैध कागजपत्र देखाउन नसकेपछि पुलिसले तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।










