१२औं शहीद गोल्ड कप फूटबल टुर्नामेण्टः दार्जीलिङ पुलिसको जीत

photocollage_2025120183146271

खरसाङ: युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ महकुमा खेलकुद संघको तत्त्वावधानमा आयोजित प्रतिष्ठित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको बाह्रौं संस्करणमा दार्जीलिङ पुलिसले क्वार्टर फाइनलमा स्थान बनायो। चानमारी खेल मैदानमा सोमवार भएको म्याचमा दार्जीलिङ पुलिसले सिलगढ़ी युनाइटेड फूटबल क्लबविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट रूड गुलिट र आशिष देवानले गोल गरे। आशिष देवानले प्लेयर अव् द म्याच-को पुरस्कार जिते। मंगलवार खेलिने म्याचमा हिल्स फूटबल एकाडमी र युनाइटेड गुम्ती स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा १२ वटा शीर्ष टीमहरूलाई प्रवेश दिइएको छ, जसमा उत्तर बंगालका शीर्ष क्लबहरूको साथमा नेपाल र कलकत्ताको टीम पनि सामेल छन्। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ३० र ३१ जनवरीमा हुनेछ। यसरी फाइनल २ फरवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement