खरसाङ: युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ खेलकुद संघको तत्त्वावधानमा आयोजित प्रतिष्ठित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको बाह्रौं संस्करणमा युनाइटेड फूटबल क्लब दार्जीलिङले फाइनलमा स्थान बनायो। चानमारी खेल मैदानमा शुक्रवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा युनाइटेड दार्जीलिङले गढ़वाल राइफल्स, कलकत्ताविरुद्ध २-१-ले जीत हासिल गऱ्यो।

विजेता टीमको तर्फबाट प्रवीण सुब्बाले २९औं र सिलास लेप्चाले ४३औं मिनटमा गोल गरे। यसरी गढ़वाल राइफल्सको तर्फबाट रोहित भुजेलले ८१औं मिनटमा गोल गरे। रोहित भुजेलले प्लेयर अव् द म्याच-को पुरस्कार जिते। अब आइतवार (२ फरवरी) खेलिने फाइनलमा दार्जीलिङ पुलिस र युनाइटेड फूटबल क्लब दार्जीलिङबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









