कालचिनी: जयगाउँमा आजदेखि ११ दिवसीय शिव महापुराणको आरम्भ भएको छ। आज प्रथमत श्रद्धालुहरुले कलशयात्रा निकालेको थियो कलशयात्रा अग्रसेन भवनबाट तोर्षा नदीसम्म निकालिएको थियो भने नदीबाट पवित्र जल भरेर कलशयात्रा पुनः कार्यक्रम स्थल अग्रसेन भवनमा आएर समापन गरिएको थियो। आयोजक कमिटीको पक्षबाट वाङ्गेल लामाले यो ११ दिवसीय शिव महापुराणमा हिन्दु अनि बौद्ध धर्मको सत्संग प्रवचन औ भजन साथै म्हाणी मोलम हुने र यसले विश्व शान्ति साथै हिन्दू र बौद्ध मात्र नभएर सबै धर्मावलम्बीहरुलाई समानता र शान्तिको सन्देश दिने जनाएका छन। आउँदो ११ दिनसम्म शिव महापुराण कथा भजन र लामा धर्मगुरुहरूद्वारा म्हाणी पाठ हुने आयोजक कमिटीको सदस्यहरुले जनाएका छन्।









