११ वर्षीया बालिकामाथि बलात्कारका आरोपी पक्राउ

Child-Sexual-Abuse-Rep-Image-1-copy

गोरुबथान: – गोरुबथान खण्डअन्तर्गत एउटा चियाबगानमा ११ वर्षिया बालिकामाथि बलात्कार गरिएको घटना प्रकाशमा आएको छ। बालिकासित धेरै पटक त्यसै ठाउँका एक पुरुषले बलात्कार गरेको जानकारी प्राप्त भएपछि आरोपीलाई गोर्खा वुमेन्स फोरम नामक एनजीओको तत्परतामा गोरुबथान पुलिसले पक्राउ गरिएको छ। स्थानीय मानिसहरूको भनाईअनुसार उक्त व्यक्तिले अन्य बालिकाहरूमाथि पनि यौन दुर्व्यवहार गर्ने गरेको थियो। यसको विरोध गर्दा हतियार देखाउँदै उल्टै मार्ने धम्की दिने गरेको गाउँलेहरूको भनाई छ। पीडित बालिकाकी आमाको अगावै मृत्यु भइसकेको छ बाबुले कान नसुन्ने र बोल्न नसक्ने छन्। पीडित बालिकालाई संस्थाले उद्धार गरेको छ।

About Author

Advertisement