१० जना भाजपामा सामेल

n67171097817519975261777fd6db97ddab64000b15524eccb868776db94d8c20e37c91bf84f130f89038ec

गान्तोक: सिक्किममा सामाजिक र राजनीतिक क्षेत्रबाट १० जना प्रतिष्ठित व्यक्तिहरू भारतीय जनता पार्टी (भाजपा) सामेल भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्व र भाजपा सिक्किमको प्रभावकारी कल्याण पहल र कार्यक्रमहरूबाट प्रेरित बनेर उनीहरू भाजपामा सामेल भएको प्रेस विज्ञप्तिमा बताइएको छ।
भाजपामा सामेल हुने व्यक्तिहरूमा योक्सम टाशीडिङ निर्वाचन क्षेत्रबाट बिक्रम गुरुङ तथा वेस्ट पाण्डम निर्वाचन क्षेत्रबाट दीपा राई, मोमति सुब्बा, नविका सुब्बा, गोमा सुब्बा, योना राई, रुबेन राई, गञ्जु सुब्बा, सन्दीप सुब्बा र मोती राई सामेल छन्। उनीहरू सबैलाई प्रदेश भाजपा अध्यक्ष डीआर थापाले पार्टीमा स्वागत जनाए।
नयॉं सदस्यहरूसॅंग अन्तरक्रिया गर्ने क्रममा प्रदेश अध्यक्ष थापाले पार्टीको सञ्चालन, कार्यक्रम र सिक्किमका जनताप्रति प्रतिबद्धताको बारेमा अवगत गराए। उनले नयॉं सदस्यहरूलाई वरिष्ठ नेताहरूसॅंग समन्वय गर्न र आफूलाई जनताको सेवा र संगठनलाई बलियो बनाउन समर्पित बन्न प्रोत्साहित गरे।

About Author

Advertisement