हेमिल्टनगञ्ज व्यावसायी समितिको ५०औँ स्थापना दिवसको उपलक्ष्यमा कोभिड योद्धाहरूलाई सम्मान

daebb527-958b-45bc-8771-665f41cfd07d

  कालचिनी- हेमिल्टनगञ्ज व्यावसायी समितिको आज ५०औँ स्थापना दिवस समारोह पालन गरिएको जानकारी समितिका वरिष्ठ उपदेष्टा कृष्णपद बासुबलले दिएका छन्| आज हेमिल्टनगञ्ज व्यावसायी समितिको कार्यालयमा सम्पन्न सो समारोहमा कालचिनी बीडीओ प्रशान्त बर्मन लगायत कालचिनी बीएमओएच डा. सुभाषचन्द्र कर्मकार, कालचिनी थाना प्रभारी टीएन लामा, कालचिनी ब्लक च्याम्बर्स अफ कमर्सको चेयरम्यान बालचन्द प्रसाद, हेमिल्टनगञ्ज व्यावसायी समितिको चेयरम्यान नारायण चन्द्र साहा, कालचिनी ब्लक च्याम्बर्स अफ कमर्सको महासचिव राकेश पाण्डे, हेमिल्टनगञ्ज व्यावसायी समितिको भूतपुर्व महासचिव प्रभात कुमार दास, एवम् कालचिनी अनि हेमिल्टनगञ्ज व्यावसायी समितिको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो| समारोहमा प्रथमत परिचय आदान प्रदान र स्वागत कार्यक्रम पश्चात कोभिड महामारीको बेला जनसेवामा होमिएका प्रशासनीक अधिकारीमा कालचिनी बीडीओ प्रशान्त बर्मन, कालचिनी बीएमओएच डा. सुभाषचन्द्र कर्मकार, कालचिनी थाना प्रभारी टीएन लामा एवम् अन्यान्यलाई कोभिड योद्धाको रुपमा हेमिल्टनगञ्ज व्यावसायी समितिको पक्षबाट स्वागत तथा सम्मान जनाएको थियो|

  यस क्रममा उपस्थित वक्ताहरूले हेमिल्टनगञ्ज व्यावसायी समितिलाई ५०औँ बर्षगॉंठको शुभकामना व्यक्त गरेका थिए| समारोहबारे हेमिल्टनगञ्ज व्यावसायी समितिको संस्थापक सदस्य तथा वरिष्ठ उपदेष्टा कृष्णपद बासुबलले आज यो केवल बर्षगॉंठ पालन गरिएको र कार्यक्रम गर्ने योजना पनि रहेको र यस अवसरमा आज समितिले अलिपुरद्वार जिल्ला शासक, जिल्ला पुलिस अधीक्षक अतिरिक्त पुलिस अधीक्षकहरूलाई पनि सम्मान प्रदान गर्ने योजना रहेको थियो तर तिनीहरू कुनै कारणवश नआएकोले उपस्थित अतिथिहरूलाई अभ्यर्थना दिएको र हेमिल्टनगञ्जका व्यावसायी समितिले आज ५०औँ बर्षपूर्तिको उपलक्ष्यमा समितिका संस्थापक सदस्यहरू स्व. बरुण बोस, दुर्गामोहन चक्रवर्तीको याद गरिएको र आज स्थापना दिवसको झण्डा उत्तोलन संस्थापक उपाध्याक्ष देवीप्रसाद घोषको बाहुलीबाट गरिएको र आगामी दिनमा स्वर्ण जयन्ती कार्यक्रम गर्ने बताउँदै जनसेवामूलक कार्यमा हेमिल्टनगञ्ज व्यावसायी समितिले कामहरू जारी राख्ने र प्रशासनसित हातेमालो गरेर काम गर्ने जनाएका छन्|

About Author

Advertisement