हेप्पी भ्यालीको चारधुरादेखि पक्की धुरा गाउँ जाने बाटो खनन कार्य शुरू

IMG-20250403-WA0240

दार्जिलिङ: हेप्पी भ्याली क्षेत्रका बासिन्दाहरूका लागि बहुप्रतीक्षित सडक निर्माण कार्यको शुभारम्भ गरिएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको निर्देशनमा तथा सदर १ समष्टि अध्यक्ष अमृत योञ्जन र बिजनबारी ब्लक चेयरम्यान दिछेन बम्जनको अगुवाईमा चार धुरादेखि पक्की धुरा गाउँ जाने बाटोको खनन कार्य शुरू गरिएको हो। गाउँवससीहरूले यस कार्यप्रति उत्साह व्यक्त गर्दै भने, “विगतमा धेरै राजनीतिक दलहरू आए, तर २१औँ शताब्दी बितिसक्दा पनि गाउँमा बाटो थिएन। तर आज अनित थापा, अमृत योञ्जन अनि दिछेन बम्जनहरुको नेतृत्वमा बाटो बनिन थालेको छ, जुन हाम्रा लागि ठूलो उपलब्धि हो।”


स्थानीय बासिन्दाहरूले यस पहलका लागि जीटीए प्रमुख र नेतृत्वकर्ताहरूलाई धन्यवाद व्यक्त गर्दै बाटो निर्माण कार्यले छिट्टै गाउँमा गाडी कुद्ने अपेक्षा गरेका छन्।

About Author

Advertisement