हुलाकी पार्सल कारबाट तस्करी गर्ने १२ भैँसीसहित २ जना पक्राउ

photocollage_202359181748403.jpg

सिलगढी: पुलिसले एउटा अभिनव तरिकामा भैंसी तस्करी गर्ने प्रयासलाई असफल बनायो। हुलाकी पार्सल कारबाट तस्करी गर्दागर्दै १२ भैँसीसहित २ जना पक्राउ परेका छन्। खोरीबारी ब्लकको बिहार–बङ्गाल चकरमाडी चेकिङ प्वाइन्टमा प्राप्त सूचनाका आधारमा खोरीबारी थानाको पुलिसले सोमबार राति छापा मारेको हो। खोजी गर्दा कन्टेनरबाट भैंसी बरामद भएको थियो। घटनामा चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका एमडी इकबाल (५८) र आरिफ (४२) बिहारबाट असममा भैंसी ल्याइरहेका थिए। उद्धार गरिएका भैँसीलाई गौशाला पठाइएको छ। पक्राउ परेकाहरूलाई मंगलबार सिलगढी डिभिजनल कोर्टमा पठाइएको छ।

About Author

Advertisement