हुंकार मधेशले २५ जिल्लामा तोक्यो सम्पर्क व्यक्ति

1f4e5c70-fe2c-40b8-9a8d-789d19737870

झापा :हुंकार मधेशले थरुहट–मधेशका २२ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २५ जिल्लामा सम्पर्क व्यक्ति तोकेको छ।
संगठनको केन्द्रीय सचिवालय बैठकले जिल्ला सम्पर्क व्यक्तिहरूको जिम्मेवारी तोकेको प्रवक्ता केशव झाले जानकारी दिएका छन्।
हुंकार मधेशले यसअघि केन्द्रीय सहजकर्ता, प्रवक्ता र २१ जना विभागीय प्रमुख घोषणा गरिसकेको छ। संगठनले आगामी नवंबरको तेस्रो सातादेखि ‘हुंकार हुलाकी यात्रा’ सञ्चालन गर्ने तयारीसमेत गरेको छ। यात्राको तयारीका लागि विभिन्न जिल्लामा बैठक तथा संगठनात्मक गतिविधि भइरहेको प्रवक्ता झाले बताएका छन्।
संगठनले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार सम्पर्क व्यक्तिहरूमा झापामा हिरा महतो (विकास) , मोरङमा हिरालाल मण्डल, सुनसरीमा रामनारायण मेहता, उदयपुरमा प्रकाश काफ्ले, सप्तरीमा शैशव राजु , सिरहामा सरोज यादव, धनुषामा श्याम चौधरी, महोत्तरीमा राजकुमार महतो , सर्लाहीमा ब्रजेन्द्र शर्मा
रौतहटमा राहुल झा , बारामा डा. आर के कश्यप र पर्सामा अनिरुद्धप्रसाद सिंह रहेका छन ।
त्यसै गरि मकवानपुरमा सरोज धानुक, चितवनमा हेमन्त कुमार, नवलपरासीमा ईश्वर चौधरी, रुपन्देहीमा राम रक्षा मौर्य , कपिवस्तुमा दिपेन्द्र कुमार सिंह, दांगमा भगवान चिराग, बाँकेमा खुश्वु श्रीवास्तव, कैलालीमा वीरबहादुर बडायक, कंचनपुरमा दयाराम चौधरी, काठमाण्डौमा विमलेश मानव, ललितपुरमा प्रकृति दुलाल, भक्तपुरमा वालकृष्ण अवतार रहेका छन ।

About Author

Advertisement