हिस्से लाचुङपाले उठाए केन्द्र सरकारसमक्ष उत्तर सिक्किमको कनेक्टिभिटीको मुद्दा

IMG-20230410-WA0169-11-300x172-2

गान्तोक: सिक्किमका राज्यसभा सांसद हिस्स लपचुङपाले केन्द्र सरकारसमक्ष उत्तर सिक्किमको कनेक्टिभिटीको मुद्दा उठाएका छन्। सांसद लाचुङपाले केन्द्रिय रक्षा मन्त्री राजनाथ सिंहसित भेट गरी हम पैह्रो -को कारण चुङथाङदेखि लाचेनसम्म सम्पर्क विच्छिन्न भएकोले यसको कनेक्टिभिटीबारे एउटा ज्ञापन चढाउँदै मन्त्रालयबाट शीघ्र हस्तक्षेपको माग गरे। यसले आम नागरिकलाई मात्र नभएर रक्षा कर्मीहरूलाई पनि सुगम बन्ने तिनको भनाइ थियो।

हिमपैह्रो गएको चार महीना बितिसक्दा पनि सीमावर्ती गाउँहरू अझै पनि सम्पर्कविहीन छन्। यसैबिच केन्द्रिय मन्त्रीले यस मामिलालाई प्राथमिकताक आधारमा गम्भीरतापूर्वक अघि बढ़ाउने इच्छा व्यक्त गरेको संसद लाचुङपाले जनाएका छन्।

About Author

Advertisement