हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन रोहिणी चियाबारी युनिट कमिटी गठन

IMG-20230605-WA0388.jpg

खरसाङ: आज रोहिणी पाइलाधुरा डिभिजनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको थेबा बलको सभापतित्वमा एक सभा बसेर सम्पूर्ण रोहिणी चिया श्रमिकहरूलाई लिएर ट्रेड युनियनको नयाँ कमिटी गठन गरिएको छ। यस ट्रेड युनियनमा सभापति सरोज तामाङ, उप सभापति दिपा तामाङ र धिराज तामाङ, सचिव पेम्बा गोले, सह सचिव सानु छेत्री, कैलाश बम्जन, कोषाध्यक्ष राजु थोक्कर, सह कोषाध्यक्षमा निता थापा, सल्लाहकारहरु थेबा बल, हेमन्त राई, सुभाष तामाङ, संजीव बम्जन लगायत १६ जना कार्यकारिणी सदस्यहरु चयन गरिएको छ। आजको सभा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, महासचिव भक्तिमान तामाङ, रोहिणी ब्लक सभापति प्रदिप प्रधान, महासचिव कल्याण राणा अनि ब्लक कोषाध्यक्ष एमके लामा लगायत सम्पूर्ण रोहिणी चिया श्रमिकहरू उपस्थित थिए। आजको सभालाई दिनेश प्रधानले सञ्चालन गरेका थिए भनी रोहिणी ब्लकको प्रचार प्रसार सचिव सुन्दर राईले जानकारी दिएका छन्।

About Author

Advertisement