हिल जोइण्ट फोरम-ले ११ अगस्तदेखि श्रमिक अधिकार एकता यात्रा आयोजना गर्ने

IMG-20250725-WA0124

दार्जीलिङ: चिया बोनसको मुद्दामा मालिक अनि सरकारलाई दबाउ दिन हिल जोइण्ट फोरम-ले ११ अगस्तदेखि श्रमिक अधिकार एकता यात्रा गर्ने माकपा श्रमिक नेता सचिन खातीले जनाएका छन्। स्थानीय हेप्पी भेल्लीबाट आरम्भ गरिने उक्त ३ दिवसीय यात्रा पोख्रेबोङ, मिरिकबाट तीनधारे अनि महानदी हुँदै खरसाङमा आइ समापन गरिने उनको भनाइ छ।
मिडियासितको कुराकानीमा उनले पछिल्लो रहल बोनस टुङ्गो नलागेसम्म नयाँ चिया बोनस वार्ता बस्न नमिल्ने बताए भने यो मागको दावीमा फोरमले अघिबाटै राज्य अनि मालिक सङ्गठनलाई पत्राचार गरिसकेको जानकारी गराएका छन्।

About Author

Advertisement