हिमाल आरोहणकोक्रममा मृत्यु भएका रसियन पर्वतारोहीं ५ जनाको शब काठमांडू लगियो

IMG-20241016-WA0276

म्याग्दी(नेपाल): धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गरेर आज काठमांडू लगिएको छ।
सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरको शव भेटिएको थियो। रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमांडू पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) भरत श्रेष्ठले जानकारी दिए। एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए। इटली आधार शिविरबाट शवलाई काठमांडूस्थित त्रिविवि शिक्षण अस्पतालमा पठाएको डिएसपी श्रेष्ठले बताए।
आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही अक्टूबर ७ मा दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए। प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव अक्टूबर ९ मा दिउँसो भेटिएको थियो। हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो। उद्धारकर्ता हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन्।
आइ एम ट्रेकिंङ एन्ड एक्सपिडिसनमार्फत १४ जना रसियाका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए। दुईजनाले सफल आरोहण गरेका थिए। सातजना पर्वतारोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए। यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो। संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्छ।
पर्यटन विभागका अनुसार चालु शरद्याममा रसियाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए।

About Author

Advertisement