‘हिमाली समय’- त्रयमासिक पत्रिका लोकार्पित

IMG-20241019-WA0203

मिरिक: हिमाली समय’ त्रयमासिक पत्रिकाको आज रिपोर्टर्स क्लब अब मिरिकको तराई शाखाको कार्यालय निरपानीमा विधिवत रूपमा लोकार्पण गरिएको छ। इन्द्र बहादुर राई साहित्य प्रतिष्ठानको आयोजना तथा रिपोर्टर्स क्लब अब मिरिक तराई शाखाको कार्यालयमा निरपानीमा उक्त पत्रिकाको लोकार्पण गरिएको छ। पत्रकार एवं इन्द्र बहादुर राई साहित्य प्रतिष्ठान तराईका प्रवक्ता प्रकाश फुयाँलद्वारा सम्पादित त्रयमासिक पत्रिका ‘हिमाली समय’ को लोकार्पण कार्यक्रमको अध्यक्षता इबरा साहित्य प्रतिष्ठानका सभापति डा. जेम्स विश्वले गरेका थिए। अर्पण राईद्वारा सञ्चालित कार्यक्रममा इबराका सचिव तथा पत्रकार मनोहर शर्मा, उपाध्यक्ष चन्द्रकान्त शर्मा, शिक्षिका जिनिता पञ्चकोटी, शिक्षक सुभाष दाहाल समाजसेवी बिनु छेत्रीको विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement