हिमालय चितुवाको छाला र भालूको पित्त साथै यार्सागुम्बा सहित एकजना पक्राउ

कालचिनी: हिमालय चितुवाको सक्लो छाला र हिमालय क्षेत्रमा जड़ीबूटिको रुपमा प्रयोग हुने भालूको पित्त र मूल्यवान यार्सागुम्बासहित आइतबार पुलिसले एसियन हाईवे ४८ संलग्न डुवर्स ढाबा क्षेत्रबाट एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने उक्त व्यक्तिको परिचय हावड़ा काशीपुर उत्तर २४ परगाना बासिन्दाको रुपमा पाएको पुलिस स्रोतले जनाएका छन्।

कतै तस्करी गर्ने र गरेर लैजाने तयारी उक्त व्यक्तिले गरिरहेको हुनसक्ने आशङ्का पुलिसले गरेका छन भने यसको छानबीन पुलिसले शुरु गरेको बताइएको छ। पुलिस र वन विभागको संयुक्त अभियानमा उक्त व्यक्तिलाई पक्राउ गर्न सफल भएको बक्सा ब्याघ्र प्रकल्प पश्चिमका डीएफडी प्रवीण कासवानले जनाएका छन्।

About Author

Advertisement