हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनद्वारा जीटीए चिफ् अनित थापासित भेट

IMG-20220925-WA0137.jpg

कालेबुङ: हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनको एउटा टोलीले आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापालाई भेट गरेका छन्। टोलीलाई अर्गनाइजेसनको महासचिव लिला कुमार गुरुङले अगुवाइ गरेका थिए।
भेट समय फरेस्ट भिलेजर्सको समस्यामाथि चर्चा भयो। फरेस्ट भिलेजलाई रेबेन्यु भिलेज बनाउने प्रक्रिया अनि पहलमाथि उठेको समस्याको चर्चा भयो। जमीन अधिकारमाथि पनि कुराकानी गरिएको जानकारी प्राप्त भएको छ।

उक्त चर्चाको समय प्रमुख कार्यपाल अनित थापाले टोलीलाई आश्वासन दिँदै फरेस्ट भिलेजको मुद्दा लिएर चाडै नै जिल्लापाल, डिएफओ, प्रशासन साथै सम्बन्धित स्टेक होल्डर अनि प्रभावित वासिन्दाहरुसंग डायलग खोल्नेछु भनी बताएका छन्। उनले आश्वासन दिएका छन् कि जमीनको अधिकार सबैले पाउनुपर्छ चाहे उ जनजाति होस् या अनुसूचित जनजाति या साधारण। हाम्रो जमीन हाम्रो अधिकार हो। म न त कसैलाई अन्याय हुनु दिनेछु न त कसैको घर भत्काउन नै दिनेछु।

About Author

Advertisement