हिमाचलमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु

himanchal_Gas

काठमाडौं : भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। विष्फोटमा परी मृत्यु हुने ९ जना सल्यानका रहेको पुष्टि भएको छ। रोजगारीका लागि भारत पुगेका सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ टाकुराका ९ जनाको ग्यास सिलिन्डर विष्फोटमा परी मृत्यु भएको गाउँपालिका अध्यक्ष भरत गिरीले पुष्टि गरेका छन्। मृत्यु हुने एउटै गाउँका दुई परिवारका ९ जना रहेका छन् ।

मृत्यु हुनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा, १० वर्षीया छोरी रेणुका र २२ महिनाको छोरा राजन रहेका छन् । त्यसैगरी ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु र ७ वर्षीय छोरा किरण रहेका छन् । उनीहरू दुवै परिवार करिब दुई वर्षदेखि रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका थिए।

मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विष्फोटपछि भएको आगलागीमा परी उनीहरूको मृत्यु भएको हो।सुतिरहेको अवस्थामा कोठामा राखिएको खाना पकाउन प्रयोग गरिने ग्यास सिलिण्डर विष्फोट भएको बुझिएको छ ।

About Author

Advertisement