शिमलाः हिमाचल प्रदेशमा मनसून सीजनमा बादल फाटेर मानिसहरूलाई बाढ़ी जस्तै स्थितिको सामना गर्न परिरहेको छ। यहाँको जनजातीय जिल्ला किन्नौर अधिनस्थ साङ्गला घाटीको कामरू गाउँमा बादल फाटेर टुङ्गतुङ्ग खोलामा अचानक आएको बाढ़ीले ठूलो विनाश गरेको छ। बिहीवार बिहान लगभग ६ बजे टुङ्गतुङ्ग खोलाले भयानक रूप धारण गऱ्यो। खोलाको पानी कामरू गाउँतिर बग्न थाल्यो। यस खोलाको पानीको तीव्र प्रवाहमा गाउँका धेरैवटा वाहनहरू बगाए साथै मानिसहरूको खेत, बगैचा सबै नष्ट भए। तर ‘फ्ल्याश फ्लड’-को कारणले गाउँका घरहरू सुरक्षित छन्।
क्षय-क्षतिको पत्तो लगाउन जिल्ला प्रशासनका टीमहरू गाउँमा आइपुगेका छन् र उनीहरू राहत कार्यमा जुटेका छन्। घटनास्थलमा उपस्थित साङ्गलाका खण्ड विकास अधिकारी हरदयाल सिंहले बताए, स्थिति नियन्त्रणमा छ। खोलामा आएको बाढ़ीको पानी कामरू गाउँमा पसेकोले नोक्सान भएको छ। फ्ल्यास फ्लडमा १५-२० वाहन बगेका छन् तथा खेत र बगैचालाई पनि ठूलो क्षति पुऱ्याएको छ। क्षय-क्षतिको अनुमान लगाइँदैछ। तर यस घटनामा कसैको ज्यान गएको समाचार भने छैन।
मौसम विभागले आगामी चार दिनसम्म राज्यमा भारी वर्षाको यल्लो अलर्ट जारी गरेको छ भने पाँच जिल्लाहरू क्रमैले मण्डी, कूल्लु, चम्बा, शिमला र सिरमौरमा फ्ल्याश फ्लड हुनसक्ने चेताउनी दिएको छ। राज्य आपदा प्रबन्धन प्राधिकरण अनुसार बिहीवार बिहानसम्म राज्यमा पैह्रोको कारणले पाँच नेशलन हाइवे सहित ६८६ सड़कहरू बन्द छन्। ११३८ बिजुली ट्रान्सफर्मर र ३१५ पेयजल स्कीमहरू ठप्प भएका छन्।
-हिस











