गान्तोक: सिक्किम प्रडक्शन हाउस स्लिम फिल्म प्रस्तुतिमा निर्माण भइरहेको हिन्दी चलचित्र “दिशा”को शुभ मुहर्त आज राजधानीस्थित एक होटलमा सम्पन्न भयो। उक्त चलचित्रका निर्देशक कोलकाताका शुभोजित सेन रहेका छन् भनेदेखि निर्माता सिक्किमका अभिषेक छेत्री रहेका छन्। यो चलचित्र विशेषगरी एकजना महिलाको जीवनमा आधारित छ, जो दिल्लीमा बस्ने गर्दछिन्। उक्त महिलाले जीवनमा भोग्न परेके विभिन्न समस्याहरूलाई समेटेर सो चलचित्र निर्माण गरिने भएको छ। आफ्नो पिताको रेस्टुरेन्टको व्यवसायलाई सम्हाल्न उनी गान्तोक आउछिन् जहाँ उनको भेट पाल्जरसँग हुन्छ र कथा अघि बढछ। हिन्दी भाषामा निर्माण हुन लागेको यस चलचित्रमा मुम्बई निवासी अभया शर्मा जसले नेटफ्लिक्समा प्रदर्शित प्रसिध्द वेब सिरिज कोटा फेक्ट्रीमा पनि काम गरिसकेकी छिन् भने मुख्य नायिकाको भूमिकामा देखा पर्ने छिन् भनेदेखि सिक्किमका रिकजोङ रिञ्जिङ भोटिया मुख्य नायकको भूमिकामा रहेका छन्। अन्य स्थानीय कलाकारहरुले यस चलचित्रमा अभिनय गरिरहेका छन्। यस चलचित्रको केही अंशको छायांकन दिल्लीमा हुनेछ अनि प्रायः जसो छायांकन सिक्किममा नै हुनै चलचित्रका निर्देशकले बताएका छन्। यो चलचित्रको माध्यमद्वारा सिक्किमको पर्यटनलाई पनि बढावा दिन सकिने आशा चलचित्रका निर्माता अभिषेक छेत्रीले बताएका छन्।कार्यक्रममा चलचित्रका निर्माताले स्वागत भाषणसँगसँगै चलचित्रका कास्ट अनि क्रुको परिचय गराएका थिए।आजको यस कार्यक्रममा मुख्य अतिथिको रुपमा सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। यसरी सिक्किम चलचित्र बोर्डकी अध्यक्ष पूजा शर्मा अनि विशेष पुलिस महानिदेशक अक्षय सचदेवा विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए।आफ्नो सम्बोधनको क्रममा प्रमुख अतिथिले सिक्किमबाट निर्माण हुन लागिरहेको यस चलचित्रको शुभ मुहर्तमा भाग लिन पाएकोमा खुशी व्यक्त गर्दै चलचित्रसँग सम्बन्धित सम्पूर्ण टोलीलाई बधाई दिए। हिन्दी भाषामा निर्माण हुन लागिरहेको यस चलचित्रले भारतकै इतिहासमा राम्रो काम गर्ने र चलचित्रको माध्यमद्वारा सिक्किमको सुन्दरतालाई पनि विश्वस्तरमा चिनाउन सकिने अपेक्षा रहेको बताए। वर्तमान सरकार गठन भएदेखि नै सिक्किमका युवाहरुलाई कलाको क्षेत्रमा प्रोत्साहन गर्दै आइरहेको जानकारी दिँदै आगामी दिनमा पनि हर सम्भव सहयोग पुऱ्याउन सरकार तत्पर रहेको उनले बताए।आजको कार्यक्रमलाई विशिष्ट अितिथिद्वय श्रीमती पूजा शर्मा अनि अक्षय सचदेवाले पनि सम्बोधन गरेका थिए।










