मालबजारः आज दिउसो आएको हावा पानीले मानिसहरूले गर्मीबाट केही राहत अनुभव गरेका छन्। मालबजारमा आज दिउसो प्रायः ३ बजीदेखि हावा पानी आएको थियो। हावा पानी समाचार लेखुञ्जेलसम्म कुनै क्षति गरेको समाचार नपाए तापनि गर्मीबाट मानिसहरू राहत अनुभव गरेका छन्। मालबजार निवासी पिङकी थापाले भनिन् “केही दिनदेखि प्रचण्ड गर्मी थियो। आज दिउसो आएको हावा र पानीले गर्मीबाट राहत अनुभव गरेकी बताइन।”









