हावाहुरीले गौरीगञ्जका पाँच घरमा क्षति

IMG-20240604-WA0064.jpg

झापा: सोमबार जुन ३को साँझ करिब ७ बजे आएको हावाहुरीले झापाको गौरीगञ्जका पाँच परिवारको घरमा क्षति पुरयाएको छ। बर्षासंगै आएको हावाहुरीले गौरीगञ्ज गाउँपालिका वडा नं ४ अल्ताबारीका पाँच घरमा क्षति पुरयाएको भएपनि मानवीय क्षति भने नभएको जिल्ला पुलिस कार्यालय झापाले जनाएको छ। पुलिसका अनुसार सो ठाउँका सम्पतलाल राजवंशीको घरको छाना उडाएको छ। त्यसैगरी देवेन राय, मेघराज राजवंशी, प्रसादु राजवंशीको घर र रबिन राजवंशीको टिनको भुजा उत्पादन गर्ने मिलमा क्षति पुरयाएको हो। ति घरहरुमा करिब ६ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

About Author

Advertisement