हालसम्म पाकिम जिल्लाको विभिन्न निर्वाचन क्षेत्रको निम्ति ३४६ वटा पोस्टल व्यालेट

n6131965141717088839660e757d6a9a9b9975f0d8dad11ac254060c6de58d77d8248985d924fca29cef976.jpg

पाकिम: गत १९ अप्रेलको दिन सम्पन्न भएको सिक्किम विधानसभा र लोकसभा चुनाउमा खटिएका सरकारी कर्मचारीहरूले पोस्टल व्यालेटको माध्यमद्वारा मतदान गरेका थिए। कर्मचारीहरूद्वारा गरिएको मतदान अहिलेसम्म आउने क्रम जारी रहेको छ।

यसै क्रममा आज पाकिम जिल्लाको निम्ति एउटा पोस्टल व्यालेट आएको जानकारी गराइएको छ।

पाकिम जिल्लाको डाक घरबाट प्राप्त भएको एउटा पोस्टल व्यालेट आज जिल्ला प्रशासनिक केन्द्रले प्राप्त गरेको छ। यस अवसरमा पाकिम जिल्लाका महकुमा अधिकारी महेन्द्र छेत्री लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उल्लेखनीय छ, हालसम्म पाकिम जिल्लाको विभिन्न निर्वाचन क्षेत्रको निम्ति ३४६ वटा पोस्टल व्यालेट आइसकेको छ। भारतको चुनाउ आयोगको निर्देश साथै नियम अनुसार आज प्राप्त भएको पोस्टल व्यालेट सुरक्षित स्ट्रङ रूममा राखिएको र राखिने क्रममा भीडियोग्राफी पनि गरिएको जानकारी गराइएको छ।

About Author

Advertisement