हार्दिक टी२० इण्टरनेशनलमा १०० विकेट लिने तेस्रो भारतीय

IMG-20251215-WA0082

धर्मशाला: भारतीय क्रिकेट टीमका अनुभवी अलराउण्डर हार्दिक पाण्ड्याले दक्षिण अफ्रिकाविरुद्ध तेस्रो टी२० म्याचको अवधि एउटा ठूलो उपलब्धि हासिल गरे। हार्दिक टी२० इण्टरनेशनल प्रारूपमा १०० विकेट पूरा गगर्ने तेस्रो भारतीय बने। उनले ट्रिस्टन स्टब्सलाई आउट गरी दक्षिण अफ्रिकालाई चौथो झट्का दिनको साथै आफ्नो १०० विकेट पूरा गरे। टी२० इण्टरनेशनल क्रिकेटमा १०० विकेट पूरा गर्ने हार्दिक तेस्रो भारतीय बलर हुन्। यसअघि अर्शदीप सिंह र जसप्रीत बुमराहले यस उपलब्धिलाई हासिल गरेका थिए। अर्शदीपले ७१ वटा म्याचमा १०९ र बुमराहले ८२ वटा म्याचमा १०१ विकेट लिएका छन्। भारतको निम्ति टी२० प्रारूपमा सर्वाधिक विकेट लिने बलरहरूका सूचीमा युजवेन्द्र चहल (८० वटा म्याचमा ९६ विकेट) चौथो र भुवनेश्वर कुमार (८७ वटा म्याचमा ९० विकेट) पाँचौं स्थानमा रहेका छन्। यसबाहेक हार्दिक टी२० इण्टरनेशनल क्रिकेटमा १०० विकेटको साथमा १००० भन्दा अधिक रन बनाउने पहिलो भारतीय पनि बनेका छन्। हार्दिकले आफ्नो १२३औं म्याचमा यस उपलब्धिलाई हासिल गरे। उनले यस प्रारुपमा ६ वटा अर्द्धशतकको साथ १४१.५३-को स्ट्राईक रेटले १९३९ रन पनि बनाएका छन्।

About Author

Advertisement