हार्दिकको क्षेत्रमा फिटनेस स्पष्ट चुनौती रहेको दावी गरे मुख्य चयनकर्ता अगरकरले

IMG-20240722-WA0174

मुम्बई: मुख्य चयनकर्ता अजीत अगरकरले सोमवार हार्दिक पाण्ड्याको स्थानमा सूर्यकुमार यादवलाई भारतीय टी२० टीमको कप्तान बनाउने फसेला लिँदा फिटनेस, ड्रेसिंग रूमबाट फीडब्याक र लगातार उपलब्धता उनको पक्षमा रहेको बताए। अगरकरले भारतको श्रीलंका यात्रा अघि नवनियुक्त मुख्य प्रशिक्षक गौतम गम्भीरसँग प्रेस कन्फ्रेन्समा यस्तो मत व्यक्त गरे। श्रीलंका यात्रामा भारतले तीनवटा टी२० इण्टरनेशनल र ३ वटा वनडे म्याच खेलिनेछ। पत्रकार सम्मेलनमा अगरकरले भने, फिटनेस एउटा स्पष्ट चुनौती थियो। कप्तानको रूपमा हामी यस्ता एकजना खेलाड़ी चाहन्थ्यौं जो अधिक समयसम्म उपलब्ध रहन सक्छन्। सूर्या सर्वश्रेष्ठ टी२० ब्याटर हुन् अनि कप्तानको रूपमा उनले सबै म्याच खेल्ने सम्भावना छ। यसैकारण हामीलाई उनी कप्तान बन्ने हकदार लाग्यो। अब उनी यस भूमिकामा कसरी फिट बस्नेछन् भन्ने हामी हेर्नेछौं।
अलराउण्डर पाण्ड्याबारे अगरकरले भने, हार्दिक जस्ता कौशल पाउनु मुश्किल छ अनि फिटनेस पाउनु पनि मुश्किल छ। हामीसँग अझ केही समय रहेको छ अनि हामी केही कुराहरूमा विशेष ध्यान दिनेछौ। उनको क्षेत्रमा फिटनेस एउटा स्पष्ट चुनौती थियो। हामी कप्तानको रूपमा निरन्तर उपलब्ध रहने खेलाड़ी चाहन्थ्यौ। हामीले ड्रेसिंग रूमबाट पनि सामान्य फीडब्याक लियौ। श्रीलंकाविरुद्ध टी२० सीरीज २७ जुलाईदेखि शुरु हुनेछ। अन्य दुईवटा म्याच २८ र ३० जुलाईमा हुनेछ। सबै म्याचहरू पाल्लेकल इण्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ। सूर्यकुमारले तीनवटा म्याचको टी२० सीरीजमा १५ सदस्यीय भारतीय टीमको अगुवाई गर्नेछन्। त्यसपछि कोलम्बोको आर प्रेमदासा स्टेडियममा २, ४ र ७ अगस्तमा तीनवटा वनडे म्याच खेलिनेछ। वनडे सीरीजमा भारतीय टीमको कप्तानी रोहित शर्माले गर्नेछन्।

About Author

Advertisement