हाम्रो पार्टी खरसाङ ब्राञ्च कमिटीको कोषाध्यक्षा सुरक्षा शर्माद्वारा राजीनामा

IMG-20230823-WA0177.jpg

खरसाङ: हाम्रो पार्टी खरसाङ ब्राञ्च कमिटीको कोषाध्यक्षा साथै गत जीटीए चुनावमा सोनादा पचेङ समष्टीबाट हाम्रो पार्टीको प्रार्थी सुरक्षा शर्माले हाम्रो पार्टीबाट राजीनामा दिएका छन्। उनले एक भिडियो जारी गर्दै हाम्रो पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन्। हाम्रो पार्टी खरसाङ ब्राञ्च कमिटीको सभापति सुमन बम्जनले राजीनामा दिएको केही दिनमा नै खरसाङ ब्राञ्च कमिटीको कोषाध्यक्षा सुरक्षा शर्माले पनि हाम्रो पार्टीबाट राजीनामा दिएका छन्। उनले हाम्रो पार्टीबाट राजीनामा दिनुको मुख्य कारण पार्टीमा यत्रो खट्दा पनि कुनै मूल्यांकन नभएको बताएकी छन्। उनले गत पञ्चायत चुनावमा पनि आमा बिमारी भएर भोल्लोर लानु परे पनि अरूलाई पठाएक पार्टीको लागि खटेको तर पार्टीबाट कुनै मूल्यांकन नभएकोले राजीनामा दिएको बताएकी छन्।

About Author

Advertisement