हाम्रो पार्टी ईष्वरमाथि आस्था राख्ने पार्टी हो: अजय एडवर्ड

IMG-20230409-WA0159.jpg

दार्जीलिङ: हाम्रो पार्टी ईश्वरमाथि आस्था र भरोसा राख्ने पार्टी हो भनी हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्डले बताएका छन्। शहरको एक हलमा आज हाम्रो पार्टीको सभा सम्पन्न भयो। सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भने, ‘हामीलाई कतिपय नेताहरूले ईश्वरमाथि भरोसा गर्ने पार्टी भन्दै होच्चाउने गर्छन्। उनीहरूले ठीकै भन्दैछ हामी ईश्वरमाथि आस्था र भरोसा राख्नेहरू हौं। तर हामी तिम्रो कालो धन र कट मणिमाथि हाम्रो आस्था पनि छैन अनि भरोसा पनि छैन अनि राख्दैनौ पनि।’
हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अघि भने,’बंगाल विधान सभामा एक जिम्मेवारी मंत्रीले तपाई हामी गोर्खा एंव नेपाली भाषीहरूलाई अनुप्रवेशकारी बतायो, त्यसको विरोधमा हामी विपक्षीको नौजना सभासदहरूले विरोध जनाउँदा हामी विरूद्व भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नेतृत्वहरूले पुलिसमा प्राथमिकी दर्ता गरयो। भारतीय गोर्खाहरूको जातीय सुरक्षा,जातीय परिचय साथै जातीय मुद्दाको निम्ति हाम्रो पार्टी जहिले पनि खडा रहनेछ जीवित रहनेछ। हाम्रो पार्टी नगरपालिका, जीटीए सभा, पंचायत चुनावको लागि जन्मेको पार्टी होइन, जातिको हितमा चिन्तन मनन गर्ने अनि सोच हाम्रो पार्टीबाहेक अरू कोही छैन। पार्टीको नेतृत्वहरूलाई हेरेर होइन तर गोर्खा जातिको निम्ति र भावी सन्तानको निम्ति तपाई हामी अघि बडनुपर्छ। हाम्रो पार्टी भनेको जातिको सुरक्षा गर्ने पार्टी हो। उनले अझ भने, ‘निर्वाचित नेतृत्वहरूले आ-आफ्नो क्षेत्रहरूमा शाखा प्रशाखाहरूको गठन गर्ने,चिया बगान क्षेत्रहरूमा हाम्रो पार्टीको श्रमिक संगठन गर्ने आह्वान् गर्छु। हाम्रो पार्टीलाई तोड्ने प्रयास धेरै भईरहेको छ। तर हाम्रो पार्टी भनेको गोर्खा जातिको निम्ति गठन भएको हो।’

About Author

Advertisement