दार्जीलिङ: हाम्रो पार्टीको श्रमिक संगठन जोइण्ट फोरम र समन्वय मञ्चबाट अलगिएको छ। यस विषयमा दार्जिलिङमा पत्रकारहरूसित कुराकानी गर्दै हाम्रो पार्टीको श्रमिक संगठनको केन्द्रीय अध्यक्ष डीके गुरूङले घोषणा गरेका छन्। चिया श्रमिक हक-हित अनि बोनस मुद्दामा गोलबद्ध जोइन्ट फोरम र समन्वय मञ्च मञ्चबाट आजदेखि बाहिरिएको बताएका छन्। हाम्रो पार्टीको श्रमिक सांगठनले आउने दिनमा स्वतन्त्र हिसाबमा काम गरेर जाने भनी हाम्रो पार्टीको श्रमिक संगठनको अध्यक्ष डीके गुरूङले बताएका छन्। उनको साथ महासचिव जतन राई अनि प्रवक्ता भरत तामाङले मञ्चबाट बाहिरिनुको विविध कारणहरू मिडिया सम्बोधन अवधि खुलासा गरेका छन्। अर्कोतिर आउँदो ६ नोभेम्बरको दिन कोलकातामा हुने शीर्षस्थ बैठकमा संगठनले आफ्नै तथ्यहरू अघि राखेर तर्क गर्ने जानकारी गराएका छन्।

यसबीच बीस प्रतिशत चिया बोनसको दावीमा हाल चलिरहेको श्रमिक आन्दोलनबीच हाम्रो पार्टी श्रमिक संगठनको यस्तो निर्णयले गोलवद्ध श्रमिक संयुक्त अनि समन्वय मञ्चको सामुहिक शक्तिमा गहिरो झट्का लागेको छ भने पचास हजार अधिक चिया श्रमिकहरु यो खबरले अवाक् बनेका छन्। यसलाई केन्द्र गरेर अड्कलबाजीहरूको बजार पनि गर्मिन शुरू भएको छ।










