हाम्रो पार्टीको परिवर्तन यात्रा आईपुग्दा खरसाङ, हामीले ४५ वटै जिते पनि २ वटा मात्रै जिते पनि जनताको सेवा जारी राख्नेछौं – अजय एडवर्ड

IMG-20220621-WA0223.jpg

खरसाङ: आगामी जीटीए चुनावको लागि हाम्रो पार्टीको परिवर्तन रैली आज खरसाङ आई पुगेको थियो। खरसाङको सुकना पानीघट्टा हुँदै सुकनाबाट तीनधारे महानदी समष्टिमा चुनाव प्रचार गर्दै दिउँसो ३ बजेतिर हाम्रो पार्टीको परिवर्तन यात्रा खरसाङ आईपुगेको छ। खरसाङको मोटर स्ट्याण्डमा हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डसितै परिवर्तन यात्रा आईपुग्दा ‘जय जनता’ को नारा लागेको थियो। खरसाङको मोटर स्ट्याण्डमा हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले खरसाङका जनतालाई केही क्षण सम्बोधन गरेका थिए। उनले खरसाङको २८ नम्बर समष्टि खरसाङ देवराली समष्टिको प्रार्थी बिमल तामाङ र २९ नम्बर खरसाङ गिध्द पहाड़ समष्टिको प्रार्थी मोहनसिंह लामाको लागि भोटको अपिल गरेका छन्। हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले दुवै प्रार्थीहरूलाई गाड़ीका राखेर जनतालाई सम्बोधन गरेका थिए। खरसाङको मोटर स्ट्याण्डमा हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले आफ्नो सम्बोधनमा यसपाली जनताको राज ल्याउनुपर्छ ,खरसाङमा नेता होइन ठेकेदार होइन तर जनताको राज ल्याउनुपर्छ भनी बताएका छन्। उनले खरसाङमा दुईवटा कुरा छ भन्दै कालो धन र इमान्दारिताको साथ कमाएको धन र इमान्दारसाथ कमाएको धन ब्यांकमा राख्न सकिन्छ तर कालो धन केवल सिन्टेक्समा राख्न सकिन्छ भनी बताएका छन्। एडवर्डले खरसाङलाई शान्ति, विकास र समष्टिमा ल्याउन २६ जूनको दिन मौका छ तर तपाईहरू घरमै बस्नु भयो भने नेता र ठेकेदारहरूको गठबन्धनलाई सहयोग गरेको बुझ्नेछौं भनी बताएका छन्। उनले नेताको राज हटाउन र जनताको राज ल्याउन सबैले भोट गर्ने अपिल गरेका छन्। खरसाङको मोटर स्ट्याण्डदेखि परिवर्तन यात्रा खरसाङ बजार परिक्रमा दार्जिलिङतर्फ प्रस्थान गरेको थियो भने खरसाङको टुरिस्ट लज पुगेर हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले पत्रकारहरूलाई सम्बोधन गर्दै दुई तीनजना नेताहरू र ठेकेदारहरूलाई सत्तामा आउन नदिनलाई सबै अघि आएर भोट दिने अनुरोध गरेका छन्। उनले जीटीएले हाम्रो आकांक्षा पूरा गर्दैन, जातिको अस्मिता ल्याउन पनि सक्दैन तर पनि बुनियादी विकास र स्वास्थ्य, शिक्षा र युवाहरूको रोजगारको लागि यहाँको लथालिङ्गै भएको व्यवस्थालाई हटाउनलाई कार्य गर्ने बताएका छन्। उनले यो परिवर्तनको यात्राले गर्दा गाउँ गाउँ पुगेर बाटोको अवस्था देख्न सके, व्यवस्था देख्न सके भन्दै गाउँ घरको विकासको लागि यहाँ पञ्चायत चुनाव हुनुपर्छ र त्यो दुई स्तरीय पञ्चायत चुनाव हुनुपर्छ भन्ने हाम्रो अड़ान छ भनी बताएका छन्। एडवर्डले आज हामी खरसाङ आउँदा एउटा पार्टीकोहरूले विरोध जनाए, हाम्रो पोस्टर च्यातिन्छ, अचम्मै छ, जनताले देखिरहेको छ तर यो असुरक्षित महसुस गरेको हो भन्दै यस्तो मानसिकता हटाउनुपर्छ। यसले डर उत्पन्न हुन्छ तर नडराउनु बरु पोस्टरहरू मलाई दिनु म आफै पोस्टरहरू मेरो क्षेत्रमा टाँसीदिन्छु भनी बताएका छन्। अजय एडवर्डले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा हामी जित्छौं तर पनि घमण्ड चै गर्दैनौं, जनताले महलमा राखे पनि सड़कमा राखे पनि जनतालाई धन्यवाद दिने बताउँदै जनताको सेवा गर्नु पदमा बस्नपर्छ भन्ने छैन तर पनि जनताको सेवामा लागिरहने बताए। उनले हामीले ४५ वटै जिते पनि २ वटा मात्रै जिते पनि जनताको सेवा जारी राख्नेछौं भनी बताएका छन्।

About Author

Advertisement