हाम्रो पार्टा सुखे मानेभञ्च्याङ समष्टीको नयाँ कमिटी गठन

IMG-20230823-WA0330.jpg

युवा जमातलाई प्राथमिकता दिनु पर्छ भन्ने सोचलाई स्वागत जनाउँछु: रोबर्ट छेत्री

दार्जीलिङ: युवा जमातहरूलाई प्राथमिकता दिनुपर्छ भन्ने तपाईहरूको सोचलाई हामी स्वागत जनाउँछौं भनी हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष रोबर्ट छेत्रीले बताएका छन्। दार्जिलिङको माल रोडस्थित हाम्रो पार्टी केन्द्रीय कार्यालय पी कोठीमा सुखिया मानेभनज्याङ समष्टीको पुसुम्बेङ शाखाका पार्टी कार्यकर्ता एंव समर्थकहरूले पार्टीको शीर्ष नेतृत्वहरूसंग बैठक बसेको छ। बैठकमा सुखे मानेभन्याङ समष्टि अन्तर्गत पुसुम्बुङको पार्टीको नेतृत्वहरूले पार्टीलाई विस्तार गर्नु हो भने युवा जमातहरूलाई प्राथमिकता दिनु पर्छ भन्ने मांग राखेका थिए।पार्टीको केन्द्रीय नेतृत्वहरूले शाखा समष्टि क्षेत्रको नेतृत्वहरूले राखेको प्रस्तावलाई स्वागत जनाएका छन्। आयोजित बैठकमा पुसुमबेङ्ग हाम्रो पार्टीको पूरानो कमिटि विघटन गरेर नयाँ कमिटि गठन गरियो जसमा सर्वसहमति अनुरूप शुक्र प्रसाद राईलाई अध्यक्ष अनि विकाश कुलुङलाई सचिव चयन गरियो।गोपाल छेत्री उपाध्यक्ष,निषल राई सचिव, किस्मत राई कोषाध्यक्ष,सह कोषाध्यक्ष महेन्द्र राईलाई चयन गरिएको छ। यस भन्दा अघिका अध्यक्ष एबी छेत्री थिए अनि सचिव सन्तोष तामाङ थिए। पूर्व अध्यक्ष र सचिवले युवा जमातलाई पार्टीको कार्यभार सुम्पनुपर्छ भन्ने सभामा प्रस्ताव राखेका थिए। सभालाई सम्बोधन गर्ने क्रममा पार्टी केन्द्रीय उपाध्यक्ष छेत्रीले भने, पञ्चायत चुनाव सकियो अनि पञ्चायत चुनाव सिद्विए पार्टी कार्यालयमा पार्टी केन्द्रीय नेतृत्वहरूसंग भेट गर्न एंव बैठक गर्न आउने टोली तपाईहरू नै हो। हाम्रो समाजमा म नै सर्वोपरी भन्ने तो प्रथा छ। त्यो प्रथालाई तोडेर सबैलाई समेटेर अघि लानुपर्छ भन्ने तपाईहरूको जो सोच छ त्यसलाई म सलाम गर्छु। हाम्रो पार्टीको गठनकालमा पार्टीले तपाईहरूलाई अध्यक्ष सचिवको पदभार सुम्पिएको हो। तर आज तपाईहरूले पार्टी विस्तारको विषयलाई ध्यानमा राख्दै यो पदभार युवा जमातहरूनलाई सुम्पिनुपर्छ भन्ने जो प्रस्ताव राख्नु भएको छ,तपाईहरूको त्यो विशाल हद्रयलाई सम्मान गर्छु।’
उनले अघि भने, ‘हाम्रो पार्टी अझ पनि दह्रिलो छ। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले एक न एक दिन हामीलाई लक्ष्यमा अवश्य पुराउने छ भन्ने तपाई हाम्रो विश्वास छ। पार्टी गठन भएको केही महिनादेखि नै पार्टीले चुनावहरूको सामनाहरू गर्दै आईरहेको छ।पार्टीले चूनावहरू जित्यो अनि किन्नेहरूले रूपियाँ पैसाको प्रलोभनहरू देखाएर किन्यो तर पनि तपाई हामी विक्री भएका छैनौ अनि हारेका पनि छैनौं।’
यसरी नै पार्टी महकुमा समिति अध्यक्ष पूरण तामाङले पुसुम्बिङको जनताले हाम्रो पार्टी अनि पार्टी अध्यक्ष अजय एडवाडर्सप्रति जो आस्था र भरोसा जताएको छ त्यसलाई हेरेर हामी सबै उत्साहित बनेका छौं। निर्वाचित पदाधिकारीहरूले पार्टीलाई दह्रिलो बनाउने दिशामा काम गर्दै जाने आह्वान् गरे।यसैक्रममा पूर्व अध्यक्ष र सचिवलाई पनि महकुमा समिति अध्यक्ष पूरण तामाङले पार्टीलाई सही मार्ग दर्शन गर्ने दिशामा सहयोग पूराउने आहवान गरयो। आयोजित सभामा पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाँ,राजु सुब्बा आदि उपस्थित थिए।

About Author

Advertisement