“हाम्रो जीत बीजीपीएम परिवारको जीत हो”: अनित थापा

IMG-20220710-WA0168.jpg

दार्जीलिङ्ग: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय समिति को बैठक दार्जीलिङ्ग स्थित जिम खाना क्लबको सेन्तिनेरी हलमा बस्यो।
सभा पार्टी अध्यक्ष अनित थापाको सभापतित्वमा सम्पन्न भएको थियो। ज्योती कुमार राईले सभा सञ्चालन गरेका थिए। उनले सदस्यहरूलाई स्वागत गर्दै भने, “चुनाव हारेता पनि हाम्रो मनोबल हारेको थिएन। आजको सभा हाम्रो जीतको खुशी साट्ने सभा पनि हो।”

अनित थापाले सदस्यहरूलाई आफ्नो सम्बोधनमा भने, “हारेर हारेर जित्नु पाउँदा, जीतको मिठास बेग्लै हुँदो रहेछ। हाम्रो जीत बीजीपीएम परिवारको जीत हो। हामी हारेको समय पनि तपाईहरु सबैले संघर्ष गर्नु भयो। यो संघर्ष अझ जारी रहनु पर्छ। पार्टी छ र नै हामी छौं। पार्टीलाई मजबूत बनाउनु हाम्रो प्रथम कर्तव्य रहन्छ।
हामी एउटा परिवार हौ। हाम्रो जीतको निम्ति सबैलाई बधाई दिनु पनि बोलाएको सभा हो।

हामी सरकार संग नै मिलेर काम गर्नेछौं। माननीय मुख्यमन्त्रीलाई शपथ ग्रहण समयको निम्ति निमन्त्रणा दिएको छु। उहाँ भोलि आउनु हुनेछ। उहाँलाई रोहिणी, खरसाङ, टुङ, सनादा, रङबुल, घूम जोरबंगलो, दार्जीलिङ्ग (रेलवे स्टेशन, भानु भवन)मा पार्टीको तर्फ बाट स्वागत गर्नेछौ।

आगामी दिनको चुनौती माथि बोल्दै उनले भने, “चुनाव सकियो। हामीले जित्यौ। अब चुप होइन। अब झन बेसी काम गर्नु पर्छ। सांगठनिक कार्यमा लाग्नु पर्छ। हामी पहाड बनाउँछौ भनेर राजनीतिमा उभिएका हौ, हाम्रो चुनौती पहाडलाई राम्रो बनाउनु हो। प्रत्येक विभागमा बोर्ड बनाएर काम गर्नेछौ।”

About Author

Advertisement