खरसाङ: कलकत्ता छहारीको स्थापना दिवस पालन गरिएको छ।
मुम्बई अनि सिलगढीपछि कलकत्तामा स्थापित हाम्रो छहारी आश्रमको स्थापना दिवस कलकत्ताको भवानीपुरस्थित आश्रममा बडो हर्सोल्लासको साथमा पालन गरियो। हाम्रो छहारीका संरक्षक देविका मोक्तान अनि नारायण प्रसाद होमागाईँको बाहुलीबाट केक काटेर कार्यक्रमको शुभारम्भ गरियो। गत वर्ष यही महिनाबाट कलकत्तामा हाम्रो छहारीको आश्रम शुरु गरिएको थियोे। विशेष त कलकत्तामा रोगोपचारका निम्ति पहाड, तराई अनि डुवर्स लगायत नेपालका विभिन्न क्षेत्रबाट आउने मध्यमवर्गीय परिवारलाई ध्यानमा राखेर यसको शुरुआत गरिएको हो। जसमा धेरैले यसको उपभोग गरिरहेका छन्। त्यसबाहेक पढाइको निम्ति अथवा कलकत्ता घुम्न आउनेहरूको निम्ति पनि यहाँ आश्रमको सुविधा उपभोग गर्न पाउनेछन्। आश्रममा बस्नेले फ्री वाईफाई, फ्री किचन, फ्री ग्यास आदिको सुविधा पाउनेछन्। त्यसबाहेक डाक्टरको एपोइन्मेन्ट, रोगीलाई खुन चाहिए, त्यसको व्यवस्था, यदि उपचारको क्रममा कसैको देहान्त भए, घरसम्म पुर्याउने एम्बुलेन्सको व्यस्था आदिमा छहारीले सहयोग गर्नेछ। यहाँ बस्ने पाहुनाहरूको सुविधाको निम्ति एकजना हर बखत रेखदेख गर्ने म्यानेजर राखिएको छ। छहारी आश्रममा, चियाकमानका मजदुर र छहारीका सदस्यहरूलाई विशेष छुट पनि दिएको छ। यो आश्रम नितान्त अव्यवसायिक र सेवाभावले सञ्चालन गरिएको हो। यसै अवसरमा कलकत्ता छहारीको पुरानो समितिलाई विघटन गरी नयाँ पुर्णाङ्क अनि स्थायी समिति देविका मोक्तान, नारायण प्रसाद हुमागाई अनि विशेष अतिथि लतिका नैयरको रेखदेखमा गठन गरियो। जसमा संरक्षक देविका मोक्तान, नारायण प्रसाद होमागाई, श्याम थापा, शास्त्री अर्जुन प्रसाद बास्तोला, सल्लाहकार खेमराज बराल, विश्वजीत मण्डल, कानुनी सल्लाहकार टिकाराम गोपाल भित्रीकोटी, मूल संयोजक बिकास कार्की, संयोजकद्वय प्रा डा किरण सुब्बा, कलकत्ता रोशन बिश्वकर्मा गाडीधुरा रहेका छन्। यसरी नै सभापति संगीता शेर्पा, उप सभापति गुञ्जदास श्रेष्ठ, मूलसचिव निमा मोक्तान निष्कर्ष, सह सचिव सन्तोषचन्द्र दर्नाल, कोषाध्यक्ष सन्जीब गुरुङ, सह कोषाध्यक्ष रमा शर्मा, कार्यकारिणी सदस्यहरू क्रमश: खड्ग गुरुङ, हरिस पाखरिन, बिन्दा श्रेष्ठ, शान खवास, बिनोद लोहार, प्रितम छेत्री, रमिता कार्की सिंह, बबिता राई, अमर सुब्बा आदि रहेका छन्। यस स्थायी समितिको कार्यकाल दुई वर्षको रहने कोलकोताबाट विकास कार्कीले जानकारी गराएका छन्।











