खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङको सार्वजनिक भवनमा सम्पन्न एक कार्यक्रमबीच हाम्रो चिन्हारी दार्जीलिङ शाखाको गठन भएको छ। कार्यक्रमको अध्यक्षता सन्तबहादुर भजेलले गरेका थिए भने प्रमुख अतिथिको रूपमा समाजसेवी बिक्रम राई, विशिष्ट अतिथिको रूपमा मंग्पु लाब्दा समष्टिको सभासद रतन कुमार थापा, उर्गेन मिङगुर दोर्जे (गुरूजी) लोधोमा विशेष रूपले उपस्थित रहेका थिए। कार्यक्रमको थालनीमा केन्द्रीय अध्यक्ष डा विष्णु भण्डारी अनि गुरू उर्गेन मिङगुर दोर्जेको बाहुलीबाट हाम्रो चिन्हारी उत्तर पूर्व भारतको झण्डा उत्तोलन गरियो भने सभापति अनि प्रमुख अतिथिको बाहुलीबाट धुप दीप प्रज्वलन गर्दै केही दिन अघि मणिपुरमा गएको भयावह पैह्रोको चपेटमा परेर शहीद हुने वीर गोर्खाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै एक मिनटको मौनधारण गरियो। कार्यक्रमको शुरूमा स्वागत सम्भाषण अरूण खवासले राखेपछि रेशबहादुर मुखियाद्वारा मादले गीत प्रस्तुत गरे भने के एन मेमोरियल अकादमीका छात्राहरूले नृत्य प्रस्तुत गरेका थिए। यसरी नै आह्वान थापा, निर्देश थापा,सबिना लेप्चा, सनबहादुर माझी अनि सपन गुरूङले गीत प्रस्तुत गरे भने आर्यण खवास, देवकी रूम्बा अनि बिपिन आचार्य(आसाम)-ले कविता वाचन गरेका थिए। यसरी नै हाम्रो चिन्हारीको बारेमा केन्द्रीय अध्यक्ष डा. विष्णु भण्डारीले जानकारी गराएका थिए। वक्तव्यको क्रममा केशव खनाल (सिक्किम), पृथ्बीराज भट्टराई (आसाम), टेकबहादुर सुनार (नागाल्याण्ड), मनप्रसाद सुबेदी(मिजोराम), भिम कोइराला(पानी ट्याङकी), मिरा गुरूङ(मेघालय), एल बी थापा( दार्जीलिङ )-आ-आफ्नो विचार ब्यक्त गरेका थिए। कार्यक्रमको प्रमुख अतिथि बिक्रम राई अनि कार्यक्रमको सभापतिद्वारा पनि वक्तव्य राखेका थिए। यसै क्रममा सिक्किम शाखाद्वारा समूह गीत प्रस्तुत गरे भने सिक्किम शाखाद्वारा प्रकाशित पत्रिका हाम्रो चिन्हारी अनि क्यालेण्डरको पनि लोकार्पण गरियो। हाम्रो चिन्हारी उत्तर-पूर्व भारतका मूल सचिव मनुप्रसाद सुवेदी(मिजोराम)-ले दार्जीलिङ्ग शाखाको घोषणा गरे।
दार्जीलिङ्ग शाखामा संरक्षक-बिक्रम राई, रतन कुमार थापा, महेन्द्र गुरूङ, उर्गेन मिङगुर दोर्जे, सभापति-एल बी थापा, उप सभापति कृष्ण पी ठटाल, मिलन लामा, मूल सचिव-अरूण खवास, सह सचिव-कविन्द्र शर्मा, अमित गुरूङ, कोषाध्यक्ष-महेन्द्र थापा, लप्ना खवास(गुरूङ) प्रचार प्रसार सचिव-मैतराज राणा, सुशील मुखिया, सल्लाहाकार-सन्तबहादुर खवास, लाडुप रोङकप,सेवन सुब्बा, जितेन्द्र खवास, सञ्जिव छेत्री, बिराज थापा, रोशन राई, बलिचन्द्र लामा लगायत १२ जनाको कार्याकारिणी सदस्यहरू चयन गरिएको छ। कार्यक्रमको सञ्चालन सुशील मुखिया र कविन्द्र शर्माले गरेका थिए।









