खरसाङ: पहाडमा जुन स्थिति थियो, त्यसलाई धैरै रिक्स लिएर २०१७ देखि परिवर्तन ल्याएर शान्ति स्थापित गरेको हो। हामीले २०१७ देखि नयाँ विचारको साथमा परिवर्तनको अभियान शुरु गरेका हौँ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले बताएका छन्। उनले बुधवार खरसाङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाको नामांकन पत्र बुझाउने क्रममा पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिन्दै भने, उनीहरुले अहिले कस्तो परिवर्तन चाहेको हो त्यो याद भएन तर हाम्रो परिवर्तनमा कोही पनि पहाडबाट भाग्न परेको छैन। किनभने पहिला त पहाडमा बोल्न नसकेर भागेको हो। अहिले पहाडमा जे बोल्दा पनि हुन्छ। लिडर भन्दा पनि हुन्छ।’
उनले कसैको नाम नलिई भने, उहाँहरुले कस्तो परिवर्तन चाहेको हो याद भएन तर उनी पहिला गोरामुमोबाट टीएमसी, पछि बीजेपी, बीजेपीबाट हाम्रो पार्टीमा परिवर्तन भएको हो भने अहिले फेरि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टमा परिवर्तन भएको हो। तर पनि अहिलेसम्म पञ्जीकरण पनि गर्न सकेको छैन। केवल झण्डा मात्र छ।’
अध्यक्ष अनित थापाले अघि भने, यसपाली हामीले दार्जिलिङबाट शिक्षाविदलाई चुनावमा उतारेका छौँ। उहाँ एकजना शिक्षाविद्, वरिष्ठ साहित्यकार हुन्। एउटै कुरा छ कि दार्जिलिङका जनताले एकजना शिक्षाविदलाई भोट दिने कि कलेज नै नदेखेकोलाई भोट दिने हो त्यो त दार्जिलिङवासीले नै निर्णय गर्नेेेछन्।’
थापाले अझ भने, विधानसभामा पठाउँदा र स्वाभिमानको कुरा गर्दा हाम्रो गोर्खाको पनि शिक्षित व्यक्ति छन्। विधानसभामा पुग्दा एकजना शिक्षित व्यक्ति पुगोस् न। त्यो कुरा हाम्रो गोर्खाको स्वभिमानको कुरा हो। किनभने शिक्षा महत्त्वपूर्ण हुन्छ।’
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनाव चिन्ह परिवर्तन भएको विषयमा बोल्दै अनित थापाले भने, हामी प्रकाशमा विश्वास गर्छौं। हामी उज्यालोमा विश्वास गर्छौँ र हाम्रो नयाँ चुनाव चिन्ह ब्याट्रीको टर्च लाइट भएको छ जुन हावा र पानीले पनि निभ्न सक्दैन र बलेको बलेको गर्छ। हामी सदैव सकरात्मक कुरामा विश्वास गर्छौं।’
उनले खरसाङमा मानिसहरूको भीड देखेर हाम्रो मनोबल बढेको छ र विशेष गरेर उम्मेद्वार अमर लामाको मनोबल बढेको पनि बताए।










