हामीले बगान मालिकलाई निर्देश फिर्ता लिने चार दिनको अल्टीमेटम दिएका थियौ: गुरूङ

IMG-20230530-WA0329.jpg

दार्जीलिङ: ‘हामीले अजय एडवाडर्सलाई जिताए को पनि होइनौ तर पनि उनले हाम्रो निम्ति धेरै थोक गरी दिए’ भन्दै नयाँ कमानको श्रमिकहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सप्रति आभार जनाए। सिलिमहिल चिया बगानको नयाँ कमानमा लगाएको चियाको गाछहरू बगानको मालिक पक्षले उखेल्ने निर्देश दिएपछि नयाँ कमानमा विबाद सृजना भएको थियो। मालिक पक्षको निर्देश विरूद आपति जनाउँदै श्रमिकहरू गत १० दिनदेखि धरनामा बसेका थिए। त्यसै वीच हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स नयाँ कमानको श्रमिकहरूको पक्षमा खडा भए र ‘म मेरो सम्पति विक्री गरेर भए पनि तपाई हरूलाई अवश्यै न्याय दिलाउँनेछु’ भन्ने वाचा समेत गरेका थिए। हिज सोमबार बगानको मालिकले नयाँ कमानमा लगाएको चियाको गाछहरू नउखेल्ने साथै धरना अवधिको रोजी समेत भूक्तान गर्ने भरोसा दिए पछि श्रमिकहरूको अनुहारमा मुस्कान छाएको छ। यसै अवधि स्थानीय चिया श्रमिकहरूले ‘हामीले अजय एडवाडर्सलाई भोटमा जिताएको पनि होइनौ तर हामी लाई आपत पर्दा उनी हाम्रो पक्षमा खडा भए’ बताउँदै वहाँ प्रति आभार व्यक्त गरे।यसै क्रममा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी. के. गुरूङले ‘सिलिमहिल चिया कमानको मालिकले नयाँ कमानमा लगाएको चियाको गाछहरू उखेल्ने जो निर्देश जारी गरेको थियो त्यो गलत थियो’ बताए। त्यसैले हामीले यस विषय बारे सम्बंधित विभागीय अधिकारी लगायत राज्यको श्रम मंत्री समेतलाई पत्रचार गरेका थियौ अनि पत्रमा हामीले चार दिनभित्रमा मालिकले आफ्नो निर्देश लाई फिर्ता नलिए फ्याक्ट्री अधि धरनामा बस्ने चेताउनी दिएका थियौ तर हिज मालिकले आफ्नो निर्देशलाई फिर्ता लिएको अध्यक्ष गुरूङले जनाए। बगानको प्रबन्धकले बगानको गाछ उखल्ने निर्देश जारी गर्न भन्दा अधि भागोप्रमोको नेतृत्वहरूसंग बसेर हामी त्यहाँ नयाँ कारखाना अनि रिसोर्टको निर्माण गर्दैछौ, रिसोर्ट अनि कारखानाको निर्माण कार्य पूरा भए पछि त्यसमा काम दिने प्रलोभन देखाएका थिए’ भनी अध्यक्ष गुरूङले जनाए। नयाँ कमानको श्रमिकहरूले आफ्नो मांग विषय लिएर गत १० दिनदेखि भोक भोकै धरनामा बस्दै आई रहेका थिए, त्यस अवधि जीटीए चीफ अनित थापा जमखाना चिया बगानमा हर्ष उलास मनाउँदै रिसोर्ट उदघाटन गर्दै थिए। त्यस अवधि उनलाई श्रमिकहरूको दुख पिडा रतिभर पनि याद आएन भन्दै अध्यक्ष गुरूङले प्रश्न तेर्साए। तिनले अधि भने अनित थापा साच्चै श्रमिकहरूको हितैसी हो भने मामरिङ चिया बगानको अवस्था बुझन जानु पर्छ। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले नयाँ कमानको श्रमिकहरूलाई राहत दिने वचन दिएको थियो अनि आज हामी त्यही अनुरूप राहत वितरण गरयौ तर हामीले यो राहत वितरण संगठन विस्तारको विचारले दिएको होइनौ अध्यक्ष गुरूङले भने।

About Author

Advertisement