“हामीले गोर्खाल्याण्ड नपाउनु राजु विष्ट होइन, बीजेपी सरकारकाे कारण हो: अनित थापा

IMG-20251226-WA0041

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन खरसाङ सिंचाई एवं जलपथ विभाग, जीटीए धैयाबारी-तीन ग्राम पञ्चायतमा नव निर्मित उदय संघ सार्वजनिक भवनको जीटीए मुख्य कार्यपाल अनित थापाले विधिवत उद्घाटन गरे। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अनित थापाले भने, मैले मेरो वचन पूरा गरे। तर चुनावमा तपाईंहरुले आबो के गर्नु हुन्छ। हुन त जीटीए र पञ्चायत चुनावमा जिताएको नै हो। तर पनि गठबन्धन गरेर चुनाव लडे कि भोट दिन्दैन। “बीजेपीलाई हामीले विगत २० वर्षदेखि भोट हाल्दै आएका हौँ। तर आजसम्म हामीले केही पाउँनुको कुरा नै छोडौ धन्यवादसम्म भन्नु आएको छैन। राजु विष्ट एक गोर्खाको छोरा हुन्। तर बीजेपीले उसको सम्म कुरा सुन्दैन रहेछ। हामीले गोर्खाल्याण्ड नपाउनु राजु विष्टको भूल होइन तर बीजेपी सरकारको भूल हो।”
थापाले पहाडले सचेत हुनुपर्छ। भावना होइन दिमाग लगाएर चुनाउमा भाग लिनु पर्छ भन्दै भने, “यस ठाउँबाट बिजिपीएम कहिले हारेको छैन। तर सांसदको चुनाउ मा हामीले गठबन्धनको चिन्हमा चुनाउ लड्यौं। परिणाम हामी सबैले देख्यौं। तर हामी सचेत हुनु जरुरी छ कारण हामीलाई बाटो , पानी, भवन आदि निर्माणको निम्ति पैसा दिने सरकार नै हो जसको विरूद्ध सांसदको चुनावमा भोट हाल्यौ। लक्ष्मी भण्डारको महिनै पछि पैसा पस्छ तर सरकार मनपर्दैन भनेर पैसा कसैले फर्काउँदैन।”
उद्घाटन समारोहमा सभासद नवराज छेत्री क्षेत्रीय सभासद खेलकूद विभाग, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, रतन दर्नाल, अभियन्ता, खरसाङ सिंचाई एवं जलपथ विभाग, सुरज कुमार थापा, अभियन्ता विद्युत विभाग, जीटीए , कुसुम तामाङ समिति सदस्य, सुष्मा वाइवा ग्राम पञ्चायत प्रधान अनि स्थानीय वासिन्दाको उपस्थिती रहेको थियो।

About Author

Advertisement