झापा: झापा मेचीनगरपालिकाको बाहुनडाँगीमा भारतीय जंगली हात्तीले उपद्रो गरेको छ। रातको समयमा चर्न आएका हात्तीले मेची नदी किनारमा नेपाल तर्फ बनाइएको हात्तीको प्रतिमामा क्षती पुर्याएको हो। मेची नगरपालिका वॉर्ड नम्बर ४ का वडा अध्यक्ष अर्जुन कार्कीका अनुसार मेची किनारमा निर्माणधिन प्रकृतिक पार्कमा रहेको दुईवटा हात्तीको प्रतिमामा जंगली हात्तीले क्षती गरेको हो। भातरबाट बुधबार राति आएको हात्तीले एउटाको सुँड र अर्कोको दाह्रा भाचिदिएको हो। याे स्थानमा अहिले स्थानीय सरकार र युनडिपीको आर्थिक साझेदारीमा प्रकृति पार्क निर्माण भइरहेको छ। हात्तीलाई पर्यटनसंग जोडेर अर्थोपार्जन गर्ने उदेश्यले पार्क निर्माण भईरहेको वॉर्ड अध्यक्ष कार्कीले बताए। बाहुनडाँगीमा दैनिक जस्तो भारतीय हात्ती आहाराका लागि आउने गरेका छन्।










