हात्तीले भत्कायो घर

कालचिनी। जङ्गली हात्तीको उत्पातले अहिले गाउँलेहरू सबै हैरान र आतङ्कित भईरहेको क्रममा आज विहानीपख २ बजीतिर दक्षीण साताली गाउँमा पसेको एक्ले हात्तीले स्थानीय जस्मीन खड़ियाको पक्का घर भत्काई दिएको पीड़िता जस्मीन खड़ियाले जनाएकी छन्।
विहानपख आएको उक्त एक्ले हात्तीले भर्खरै लोन लिएर मुश्किलले बनाएको घरको झ्याल र टिन सबै भताभुङ्ग बनाई दिएकोले बन विभागसित यो घरको क्षतिपूर्ति दिने दाबी गरेको जस्मीन खड़ियाले जनाएकी छन्।

About Author

Advertisement