हात्तीले भत्काएको‌ स्कूलको भित्ता मरम्मतीको प्रतिक्षामा गारोबस्ती प्राथमिक विद्यालय

374ce152-87d0-4149-9a02-ac3e67522ad3


कालचिनी – राजाभातखावा स्थित गारोबस्ती प्राथमिक विद्यालयको कक्षा‌ गत शनिबार राती‌ जंगली हात्तीले भत्काएपछि वर्तमान सो स्कूलका शिक्षकहरूलाई बच्चाहरूको कक्षा सञ्चालन गर्न गाह्रो परिरहेको स्कूलका शिक्षकहरूले जनाएका छन्। गत शनिबार राती‌ आहारको खोजीमा जंगलबाट गारोबस्ती पसेको एक्ले हात्तीले गारोबस्ती प्राथमिक विद्यालयको कक्षा भताभुंग बनाएर कयाभित्र राखेको मिडडे मील सबै खाइदिएको थियो भने यसको जानकारी सम्बन्धित विभागहरूमा दिए तापनि मरम्मतीको कुनै काम आजसम्म नभएकोले कक्षा चलाउन गाह्रो परिरहेको स्कूलका शिक्षकहरूले जनाएका छन्।

About Author

Advertisement