बीरपाडा: आइतबार राति हात्तीको आक्रमणबाट डिमडिमा चियाबारीमा कार्यरत केही श्रमिकहरूको घर क्षतिग्रस्त बनेको छ| डिमडिमा चियाबारीको बिच लाइनका श्रमिक विकास उराउँले आइतबार राति ११ बजेतिर १५/२० वटा हात्ती गाउँमा पसेर घर भत्काउदै घरमा राखिएको चामल, आँटा र सब्जी खाइदिएको थियो | परिवार सबै भाग्यले बॉंचेको बताए|
यसैबीच हात्तीको लगातारको आक्रमणका कारण आफूहरू अधिक मर्कामा परेको तिनले अझ बताए| सरकारी नियम बमोजिम क्षतिपूर्ति पाइने छ भनी वन विभाग सुत्रले जनाएको छ|









