गुवाहाटीः राजधानी गुवाहाटीको हातीगाउँ फेन्ड्स रोड हत्याकाण्डका चार आरोपितलाई अन्ततः पक्राउ गरिएको छ। बाघबरको एक आरोपित दारूग अली, भाटकुचीको मोहिबुल इस्लाम तथा तेतेलीतलबाट हासू उर्फ नूर मोहम्मद एवं चालकलाई बोगाबाट पक्राउ गरियो। य़िनीहरूले हातीगाउँको मिली फ्रेन्ड्स रोडमा जावेद अली अहमदको हत्या गरेको आरोप छ।
उल्लेख्य, २७ जुलाई बिहान गुवाहाटीमा यो सनसनीपूर्ण हत्या भएको थियो। जावेद अली अहमदको शव उद्धार गरिएको थियो। अहमद सिंचाई विभागको सेवानिवृत्त मुख्य अभियन्ता थियो साथै फेन्ड्स नगर जामे मस्जिदको अध्यक्ष पनि थियो। यो क्रूर घटना राति नमाजको निम्ति मस्जिद गएको बेला भएको थियो।
यद्यपि, हत्याको कारण के थियो, यसको खुलासा भएको छैन। घटनाको जाँच जारी छ।
-हिस










