हाटसिंगीमारीमा लागु औषध विरोधी अभियानमा एक जना पक्राउ

IMG-20240717-WA0003

दक्षिण सालमारा मानकाचर (असम): दक्षिण सालमारा मानकाचर जिल्लाको हाटसिंगीमारीमा लागु औषधको विरोधमा पुलिसले विशेष अभियान संचालन गरेको छ। खारूआबंधा पुलिस चौकी अऩ्तर्गत फेकामारी पहिलो चरणको अभियानको क्रममा अत्याधिक मात्रामा अबैध लागु औषध बरामद गरेको छ।
यस अभियानमा पुलिसले एक हजार एक सय ५२ वटा नशालु ट्याबलेट, १५ वटा याबा ट्याबलेट, एक स्मार्टफोन बरामद गर्नुका साथै एकजना कारोवारीलाई पक्राउ गरेको छ। दक्षिण सालमारा मानकाचर जिल्ला अतिरिक्त पुलिस अधीक्षक प्रताप दासको नेतृत्वमा खारुआबंधा पुलिस चौकीका प्रभारी गीर्तार्थ चौधरीले गुप्त सूचनाको आधारमा कारबाही गर्ने सिलसिलामा ठूलो सफलता हासिल गऱेका छन्। पक्राउ पर्नेमा लागु औषध ओसार पसारमा संलग्न रहेको आरोपमा फेकामारी गाउँका अजहर अलीका पुत्र अतार चान अलीलाई नियन्त्रणमा लिइएको छ।

About Author

Advertisement